images
images

काठमाडौँ महानगरले चलायो कालोपुलमा डोजर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको कालोपुलमा अवैध टहरा हटाउने क्रममा डोजर चालकमाथि ढुङ्गा प्रहार भएको छ ।

गुठी संस्थानको जग्गामा अनधिकृत रुपमा बस्दै आएका एक जनाले ढुङ्गा प्रहार गर्दा डोजरको पछाडिको भागको सिसा फुटेको र डोजर चालकलाई हल्का चोट लागेको छ ।

images
images

सो क्षेत्रमा आठ रोपनी चार आना जग्गामा रहेका अवैधानिक संरचना काठमाडौँ महानगरपालिका, गुठी संस्थान र महानगर प्रहरी बलको संयुक्त पहलमा हटाइएको छ ।

काठमाडौँ महानगरपालिका वडा नं– ७ का अध्यक्ष विमलकुमार होडाका अनुसार सो क्षेत्रमा बारम्बार ताकेता गर्दा पनि अवैधानिक संरचना नहटाइएपछि डोजर चलाइएको हो ।

उनकाअनुसार सहिद धर्मभक्त माथेमाको सालिक अवस्थित रहेको उक्त क्षेत्रमा धार्मिक भवन भण्डारेश्वर, क्रिायपुत्री भवन, पशुपतिमा लाने मठसहितको एकीकृत डिपीआर गरेर धार्मिक तथा सांस्कृतिक क्षेत्रको संरक्षण गर्ने गरी पार्क बनाउने योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्