images
images

१० महिनाभित्र ४०० केभी लप्सीफेदी सबस्टेशनको काम सक्ने लक्ष्य पूरा होला त ?

काठमाडौं ।  काठमाडौंको पूर्वी भेगमा रहेको शङ्खरापुर नगरपालिका–३ बोझिनीमा निर्माणाधीन ४०० केभी लप्सीफेदी सबस्टेशन निर्माणले गति लिएको छ ।

तामाकोशी तथा सुनकोशी नदी र तिनीहरूका सहायक खोलाहरूमा निर्माण भएका तथा निर्माण हुने जलविद्युत् आयोजनाहरूको बिजुली काठमाडौं  उपत्यकामा ल्याउनुका साथै स्थानीय रूपमा आपूर्तिका लागि ग्यास, इन्सुलेटेड सबस्टेशन (जीआईएस) प्रविधिमा आधारित ४००/२२०, २२०/१३२ र १३२/११ केभी तहको लप्सीफेदी सबस्टेशनको कार्य धमाधम हुँदै छ । सबस्टेशन निर्माण आउँदो पुसभित्र (डिसेम्बर २०२५) सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।

स्थानीय समस्याका बाबजुद झन्डै एक वर्षअघि शुरू भएको सबस्टेशन निर्माण अहिले पूर्णरूपमा भइरहेको छ । झन्डै १७२ रोपनी जग्गामा निर्माणाधीन लप्सीफेदी सबस्टेशन काठमाडौं उपत्यकामा बिजुली आपूर्तिका लागि सबैभन्दा ठूलो हब हो ।

मानव बस्तीमा सबस्टेशन निर्माण गर्न नहुने र यसलाई अरू नै ठाउँमा सार्नुपर्ने माग राख्दै केही स्थानीय बासिन्दाबाट सबस्टेशन निर्माणमा लामो समयदेखि अवरोध हुँदै आएको थियो । सबस्टेशन निर्माणस्थलको जग्गा अधिग्रहण गर्दा सम्बन्धित जग्गाधनीहरूले राजीखुशीले मुआब्जा तथा क्षतिपूर्ति बुझेको र प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) तथा पूरक (आईईई) लगायतका सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरी उपलब्ध विकल्पहरूमध्ये सबैभन्दा राम्रो बोझिनीलाई सबस्टेशन निर्माणस्थल छनोट गरिएको थियो । स्थानीय बासिन्दाले उठाएका जायज मागलाई सम्बोधन गर्दै सबस्टेशन निर्माण भइरहेको आयोजनाले उल्लेख गरेको छ ।

खिम्ती–बाह्रबिसे– लप्सीफेदी सबस्टेशन आयोजनाअन्तर्गत ४००/२२० केभी लप्सीफेदी सबस्टेशनको नियन्त्रण कक्ष,जीआईएस का उपकरणहरू रहने भवनलगायतका सिभिल संरचनाहरूको निर्माण झन्डै ४० प्रतिशत सकिएको छ । सबस्टेशनमा रहने पावर ट्रान्सफर्मर, जीआईएस, कन्ट्रोल प्यानललगायतका सम्पूर्ण उपकरणहरूको आपूर्ति झन्डै ८० प्रतिशत भइसकेको छ । आयोजनाअन्तर्गतका खिम्ती र बाह्रबिसे सबस्टेशन पनि निर्माणाधीन छन् ।

तामाकोशी–काठमाडौं प्रसारण लाइन आयोजना अन्तर्गत २२०/ १३२ र १३२/ ११ केभी तहका सबस्टेशनका सिभिल संरचनाहरूको निर्माण ५० प्रतिशत सकिएको छ । उपकरणहरूको आपूर्ति ९८ प्रतिशत भइसकेको छ । सिभिल संरचनाहरूको निर्माण सम्पन्न भएपछि सबस्टेशनमा उपकरणहरूको जडान शुरू हुनेछ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हिजो सबस्टेशन निर्माणस्थलको अनुगमन गर्दै जनशक्ति अझै थप गरी तोकिएकै समयमा काम सम्पन्न गर्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीहरूलाई निर्देशन दिए।

‘स्थानीय समस्याका कारण सबस्टेशन निर्माणमा केही ढिला भयो तर अहिलेसम्मको निर्माण प्रगति सन्तोषजनक नै देखिएको छ’, कार्यकारी निर्देशक घिसिङले भने, ‘स्थानीय बासिन्दाबाट सडक मर्मत तथा विस्तार, खानेपानी योजना, विद्यालय भवन, खेलमैदान तथा गुम्बा निर्माण, स्थानीयलाई रोजगारीलगायतका राखिएका जायज मागलाई आयोजना निर्माणका क्रममा संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत सम्बोधन गरिरहेका छौँ, गर्दै जानेछौँ ।’

उनले स्थानीय बासिन्दासँगको प्रतिबद्धताबमोजिमका (सीएसआर) अन्तर्गतका कार्यक्रमहरूलाई उच्च प्राथमिकतामा राखी अगाडि बढाउनसमेत आयोजना व्यवस्थापनलाई निर्देशन दिएका छन् । तामाकोशी–काठमाडौं २२०/४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत रामेछापमा रहेको नयाँ खिम्ती सबस्टेशनबाट सिन्धुपाल्चोकको बाह्रबिसे हुँदै काठमाडौं आउने ४०० केभी प्रसारण लाइन लप्सीफेदी सबस्टेशनमा जोडिने छ । प्रसारण लाइन आयोजनाअन्तर्गत खिम्ती–बाह्रबिसे खण्डमा पर्ने सम्पूर्ण टावरहरू खडा गरिएको छ । झन्डै ३ किलोमिटर मात्र तार तान्न बाँकी रहेको छ ।

त्यस्तै बाह्रबिसे–लप्सीफेदी लाइन खण्डमा पर्ने १२२ टावरमध्ये २ वटाको मात्र निर्माण बाँकी रहेको छ । यी टावरहरू लप्सीफेदी क्षेत्रमै पर्दछन् । झन्डै ४२ किलोमिटर तार तानिएको छ । तामाकोशी–काठमाडौं प्रसारण लाइनको निर्माण आउँदो चैतभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको आयोजना प्रमुख नितिश पौडेलले बताए । आयोजनाअन्तर्गत बाह्रबिसेमा २२० केभी सबस्टेशन निर्माण सम्पन्न भइसकेको छ ।

अमेरिकी सहायता परियोजना अर्थात् मिलेनियम च्यालेन्ज कर्पोरेशन, (एमसीसी) ले निर्माण गर्ने ४०० केभीको प्रसारण लाइन निर्माण सम्पन्न भएपछि बिजुलीलाई लप्सीफेदीबाट नुवाकोटको रातामाटे हुँदै नवलपरासीको (बर्दघाट सुस्ता पश्चिम) सुनवल नगरपालिकामा रहेको नयाँ बुटवल सबस्टेशनतर्फ प्रवाह गराउन सकिनेछ । तर, अमेरिकाले एमसीसी अन्र्तगतको लगानी तीन महिनालाई रोकेको छ ।

नेपाल सरकार तथा विद्युत् प्राधिकरणको लगानी र एशियाली विकास बैंक (एडीबी) को ‘विद्युत् प्रसारण विस्तार तथा प्रणाली सुधार आयोजना’ मार्फत प्रवाह भएको सहुलितपूर्ण ऋणमा सबस्टेशनहरू तथा प्रसारण लाइन निर्माण भइरहेको हो ।

लम्सीफेदी–चाँगुनारायण प्रसारण लाइन निर्माणमा अझै अवरोध

लप्सीफेदी सबस्टेशनबाट काठमाडौं उपत्यकामा बिजुली आपूर्तिका लागि लप्सीफेदी–चाँगुनारायण १३२ केभी प्रसारण लाइन निर्माणमा भइरहेको अवरोध अझै हट्न सकेको छैन । प्रसारण लाइनमा पर्ने जग्गाधनीले अवरोध गर्दा झन्डै ७ वर्ष अघिदेखि निर्माण प्रभावित हुँदै आएको छ । यसका कारण प्रसारण लाइन निर्माण नै शुरू हुन सकिरहेको छैन ।

आयोजनाअन्तर्गतको चाँगुनारायण १३२ केभी सबस्टेशन निर्माण सम्पन्न भइसकेको छ । तर बिजुली आपूर्तिका लागि स्रोत नभएकाले चाँगुनारायण सबस्टेशन सञ्चालनमा आउन सकिरहेको छैन । यो सबस्टेशनबाट बिजुली आपूर्ति दिन थालिएपछि मुख्य रूपमा काठमाडौंको पूर्वी भेगको आपूर्ति भरपर्दो र गुणस्तरीय हुनेछ । अहिले यो क्षेत्रमा चावहिल सबस्टेशनबाट बिजुली आपूर्ति हुँदै आएको छ

प्रतिक्रिया दिनुहोस्

Author

Was bei https://fgfox-casino.de.com sofort auffällt, ist die Sorgfalt im Umgang mit den eigenen Spielern. Spieler können persönliche Statistiken zu Spielzeiten und Einsätzen detailliert auswerten. Spieler können Feedback direkt an das Support-Team senden und so zur Weiterentwicklung beitragen. Themenslots mit Mythologie-, Abenteuer- oder Fantasy-Hintergrund schaffen eine immersive Atmosphäre. Ein- und Auszahlungen können in mehreren Hauptwährungen vorgenommen werden, einschließlich Euro und US-Dollar. Ein professionelles Risk-Management-Team sorgt für die Einhaltung aller regulatorischen Vorgaben. Mit Quest-Systemen werden bestimmte Spielziele belohnt, was den Spielalltag zusätzlich strukturiert. Der mobile Kundensupport ist über den integrierten Live-Chat jederzeit erreichbar. Blackjack-Tische sind in mehreren Limit-Stufen vom Anfänger bis zum Highroller verfügbar. Die Plattform ist konsequent auf eine intuitive Nutzererfahrung ausgerichtet. Wer sich für einen seriösen Anbieter entscheiden möchte, findet hier eine empfehlenswerte Wahl.

प्रतिक्रिया दिनुहोस्